ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

प्रमुख निर्वाचन आयुक्त फुलारा र उनको टिमद्वारा राजिनामा, अन्यौलमा एनआरएनए निर्वाचन यसै बीच प्रमुख निर्वाचन आयुक्त बासु फुलाराले हिमालय भ्वाइससंग आफ्नो राजिनामाको पुष्टि गर्दै निष्पक्ष निर्वाचनको लागि र भोटर फ़्रड रोक्न आफुले नियमसंगत निर्वाचन प्रक्रिया सुचारु राखेको तर यसमा विमति र समुदायमा गलत संदेश प्रवाह भएकोले निर्वाचन आयोगको सम्पूर्ण सदस्यले राजिनामा दिएको बताएका छन् ।

लस-एन्जलस । गैर आवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको प्रमुख निर्वाचन आयुक्त बासु फुलारा र निर्वाचन आयोगका सम्पूर्ण सदस्यले सामुहिक राजिनामा दिएका छन् ।

बिहिबार बिहानै संघको आधिकारिक इमेल मार्फत प्रमुख निर्वाचन आयुक्त बासु फुलारा र निर्बाचन आयोगका सदस्यहरु प्रियंजन दाहाल, तुक रेग्मी, बिनोद सुबेदी र खड्ग उप्रेतीले सामुहिक राजिनाको घोषणा गरेका हुन् ।

यसै बीच प्रमुख निर्वाचन आयुक्त बासु फुलाराले हिमालय भ्वाइससंग आफ्नो राजिनामाको पुष्टि गर्दै निष्पक्ष निर्वाचनको लागि र भोटर फ़्रड रोक्न आफुले नियमसंगत निर्वाचन प्रक्रिया सुचारु राखेको तर यसमा विमति र समुदायमा गलत संदेश प्रवाह भएकोले निर्वाचन आयोगको सम्पूर्ण सदस्यले राजिनामा दिएको बताएका छन् ।

यस अघि निर्वाचनमा आयोगले सदस्यता प्रमाणीकरणको नाममा व्यक्तिगत बिवरण र फेस फेरिफिकेसन गरेको विषयलाई लिएर चरम असतुष्टि र आक्रोस पैदा भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त बासु फुलारा र निर्वाचन आयोगका सम्पूर्ण सदस्यले सामुहिक राजिनामा दिएको अवस्थामा निर्धारित निर्वाचनको कार्यक्रम बारे अन्यौल उत्पन्न भएको छ ।

यसैबीच निर्वाचनमा सहभागी अधिकांस उम्मेदवारहरु र मतदाताहरुले निर्धारित तिथिमै निर्वाचन सम्पन्न गर्न अर्को आयुक्त नियुक्त गरि निर्वाचनको कार्य सुचारु गर्न संघको नेतृत्वलाई आग्रह गरेको छ ।

यस अघि संघका कोषाध्यक्ष उम्मेदवार रबिन्द्र उप्रेती, संघका प्रभावकारी नेता सिपि पौडेल र संघको विभाजित समुहका अध्यक्ष विकास उप्रेती सम्मले प्रमुख निर्वाचन आयुक्त बासु फुलारालाई लक्षित गर्दै विज्ञप्ति जारी गरेर डाटा दुरुपयोगमा ल सुटको तयारी गरेपछि निर्वाचन आयोगको भूमिका माथि सर्वत्र प्रश्न उठेको थियो ।

यसैबीच निर्वाचनमा सहभागी अधिकांस उम्मेदवारहरु र मतदाताहरुले बुधबार बाल्टिमोरको चुनावी बहसमा अनुहार देखाउन नसक्नेहरुले बासु फुलारा मार्फत एक पक्षीय निर्वाचन गराउने योजना असफल भएपछी संघ विभाजित गर्ने संघका उपाध्यक्ष भानु खरेल र रामहरी अधिकारीको निर्वाचन भाड्ने योजना अन्तर्गत अन्तिम अवस्थामा राजिनामा दिएर अन्यौलको अवस्था निर्माण गरिएको आरोप लगाएका छन् ।

  himalayanvoice.com | ३० श्रावण २०८२, बिहीबार १०:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online