डीएचएसद्वारा लाओसका एक दर्जन गैरकानूनी आप्रवासीहरू देश निकाला

वासिङ्टन । गृह सुरक्षा विभाग (डीएचएस) ले लाओसका अपराधिक पृष्ठभूमिका एक दर्जन गैरकानूनी आप्रवासीहरूलाई देश निकाला गरेको घोषणा गरेको छ । मंगलबार देश निकालाको घोषणा गरिएकाहरु माथि हत्या अनुसन्धानमा बाधा पुर्‍याउने अपराधिक गिरोहको सदस्य भएको, बाल यौन दुराचार गर्नेहरू र लागूपदार्थ तस्करहरू समावेश रहेका छन्।

देश निकाला गरिएका सबैलाई अध्यागमन न्यायाधीशबाट डिपोर्ट गर्ने अन्तिम आदेश दिइएको थियो । यस मध्य गैरकानूनी आप्रवासीहरू २००३ को सुरुतिरै देश निकालाको आदेश भैसकेका व्यक्ति पनि समावेस छन् ।

“हत्या अनुसन्धानमा बाधा पुर्‍याउने, बाल यौन अपराध, र लागूपदार्थको तस्करी: यी हाम्रो देशमा यी जघन्य अवैध आप्रवासीहरूले गरेका केही अपराधहरू मात्र थिए। यी बर्बर अपराधीहरू हाम्रो देशबाट बाहिर छन् र अब अमेरिकी नागरिकहरूलाई दुख दिन सक्दैनन्,” डीएचएस सहायक सचिव ट्रिसिया म्याकलाफ्लिनले भनिन्। “ राष्ट्रपति ट्रम्प र सचिव नोएमको नेतृत्वमा, अमेरिका अब विश्वका अपराधीहरूको लागि सुरक्षित आश्रयस्थल रहेन। कार्यकर्ता न्यायाधीशहरूबाट ऐतिहासिक संख्यामा निषेधाज्ञाको बाबजुद, आइसले अमेरिकाको सडकबाट आपराधिक अवैध आप्रवासीहरूलाई हटाउन अभियान जारी राखेको छ।”

लाओस फर्काइएका जघन्य आपराधिक अवैध आप्रवासीहरू मध्य जघन्य हत्याको अनुसन्धानमा सहयोग र अवरोध पुर्‍याएको आरोपमा दोषी ठहरिएका ३९ वर्षीया अवैध आप्रवासी साई वाङ “मास्टर्स अफ डिस्ट्रक्सन” का ग्याङ्गका सदस्य रहेर अपराधिक क्रियाकलापमा सक्रिय रहदै आएको आइसको दावी छ ।

देश निकाला गरिएकाहरुमा ५६ वर्षीय अवैध आप्रवासी सोखोर्न न्गेम, लु कोङ, सेङ खाङ, वा कङ, सु याङ, फ्यु याङ,साउन भोङ्ग्रासामी, बाउन्थाभी फेङ्गलाभान्ह, पाङ ङिया हाङ, सेङ्गारौन फेङ्गलाभान्ह र फुभान मनिभोङ रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×