ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

सावालेन्काद्वारा युएस ओपन टेनिस उपाधि रक्षा

काठमाडौँ । साविक विजेता बेलारुसकी आर्यना सावालेन्काले युएस ओपन टेनिस उपाधि रक्षा गर्नुभएको छ ।

आइतबार भएको खेलमा फाइनलमा विश्व नम्बर एक सावालेन्काले घरेलु खेलाडी अमान्डा एमिसिमोभालाई २–० को सेटमा हराउनुभयो ।

वर्षको अन्तिम ग्राण्डस्लाम महिला एकलतर्फको उपाधि रक्षा गर्ने क्रममा उहाँले ६–३, ७–६ (७–३) को जित निकाल्नुभयो ।

यससँगै उहाँ सन् २०१४ पछि युएस ओपनको उपाधि रक्षा गर्ने पहिलो महिला खेलाडी बन्नुभएको छ । यसअघि अमेरिकाकी सेरिना विलियम्सले उपाधिमा ह्याट्रिक गर्नुभएको थियो ।

  himalayanvoice.com | २२ भाद्र २०८२, आईतवार १०:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online