ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

मन्त्री छनोटप्रति असन्तुष्ट सुदन गुरुङ नेतृत्वको जेनजीद्वारा बालुवाटारमा नाराबाजी सुदन गुरुङले भनेका छन्, ‘सबै भन्दा ठुलो शक्ति नेपाली जनता हो । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकाल्न पनि सक्छौ ।’

काठमाडौं । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको जेनजी समूहद्वारा बालुवाटारमा अवेर राती देखि नाराबाजी र प्रदर्शन सुरु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी समूहसंग परामर्श नगरी मन्त्री छनोट गरिएको भन्दै असन्तुष्ट भएको सुदन गुरुङ नेतृत्वको जेनजी समूहले बालुवाटारमा नाराबाजी गरेको हो ।

जेनजी समूहले नाराबाजीको क्रममा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागेका थिए । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।

सुदन गुरुङले भनेका छन्, ‘सबै भन्दा ठुलो शक्ति नेपाली जनता हो । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकाल्न पनि सक्छौ ।’

सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

  himalayanvoice.com | २९ भाद्र २०८२, आईतवार २२:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online