काठमाडौं । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको जेनजी समूहद्वारा बालुवाटारमा अवेर राती देखि नाराबाजी र प्रदर्शन सुरु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी समूहसंग परामर्श नगरी मन्त्री छनोट गरिएको भन्दै असन्तुष्ट भएको सुदन गुरुङ नेतृत्वको जेनजी समूहले बालुवाटारमा नाराबाजी गरेको हो ।
जेनजी समूहले नाराबाजीको क्रममा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागेका थिए । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।
सुदन गुरुङले भनेका छन्, ‘सबै भन्दा ठुलो शक्ति नेपाली जनता हो । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकाल्न पनि सक्छौ ।’
सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
प्रतिक्रिया