ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

काँग्रेस सभापति देउवाको स्वास्थ्य सुधारोन्मुख, अझै केहि दिन सेनाको सुरक्षामा बस्ने “परिस्थिति सबै राम्रो छ । उहाँहरूले हामीसँग आन्तरिक व्यवस्थापनका लागि समय माग्नु भएको छ । व्यवस्थापन भएपछि उहाँहरू यहाँबाट जानुहुन्छ ।”

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवाको स्वास्थ्य सुधारोन्मुख रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री राणाको स्वास्थ्य सुधाराेन्मुख रहेको जानकारी दिएका छन् ।

रथी बस्नेत भन्छन, “देउवा दम्पति हामीसँग सुरक्षित हुनुहुन्छ र दुवै जनाको स्वास्थ्य सुधाराेन्मुख छ ।”

प्रवक्ता बस्नेतले देउवा दम्पतीले आफ्नो आन्तरिक व्यवस्थापनका लागि समय मागेको जानकारी दिए ।उनि भन्छन, “परिस्थिति सबै राम्रो छ । उहाँहरूले हामीसँग आन्तरिक व्यवस्थापनका लागि समय माग्नु भएको छ । व्यवस्थापन भएपछि उहाँहरू यहाँबाट जानुहुन्छ ।”

मङ्गलबार भएको जेनजी प्रदर्शनका क्रममा देउवा दम्पतिमाथि आक्रमण हुँदा उनीहरु घाइते भएका थिए ।

भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीले उहाँहरुमाथि आक्रमण गरेका थिए । देउवा निवास बूढानीलकण्ठ पुगेका प्रदर्शनकारीले घरमा आगजनी गरेर कुटपिट गर्दै घरबाट निकालेका थिए । प्रदर्शनकारीले कुटपिट गर्न थालेपछि देउवा दम्पतिलाई नेपाली सेनाले सुरक्षित स्थानमा लगेको हो । अहिलेसम्म देउवा दम्पती सेनाको सुरक्षामा उपचाररत छन् ।

  himalayanvoice.com | २ आश्विन २०८२, बिहीबार १३:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online