ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

बार्सिलोनामा पहिलो पटक दुर्गा पूजाको आयोजना : ७० किलोको दुर्गा मूर्ति मुख्य आकर्षण

रमेश खनाल, बार्सिलोना (स्पेन)। आप्रवासी नेपालीहरूको संख्या बढ्दै जाँदा यहाँको समुदायले धर्म, संस्कृति र परम्परालाई जोगाइराख्न विभिन्न पहल गर्दै आएको छ। यही क्रममा आउँदो बडादशैँलाई विशेष बनाउन बार्सिलोनामा यस वर्ष पहिलो पटक भव्य दुर्गा पूजाको आयोजना गरिएको छ।

यस पूजामा नेपालमै बनाइएको करिब ७० किलो तौलको पित्तलको दुर्गा मूर्ति प्रमुख आकर्षण बनेको छ। लामो तयारीपछि ल्याइएको यो मूर्ति हाल गैरआवासीय नेपाली संघ स्पेनको हलमा स्थापना गरी पूजा–आराधना सुरु गरिएको आयोजक गैरआवासीय नेपाली संघका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो।

पूजासँगै समुदायलाई दीर्घकालीन रूपमा एकै ठाउँमा भेला गराउने उद्देश्यले सामुदायिक सभा भवन निर्माणका लागि रकम संकलन अभियान पनि सुरु गरिएको छ। अध्यक्ष श्रेष्ठका अनुसार आप्रवासी नेपालीहरूको साझा धार्मिक तथा सांस्कृतिक गतिविधिलाई सुदृढ बनाउन आफ्नै भवन अपरिहार्य भएको अनुभव भएकाले यसतर्फ ठोस कदम चालिएको हो।

समाजमा आत्मीयता र एकता कायम गर्दै नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने उद्देश्यसहित सुरु गरिएको दुर्गा पूजालाई आगामी वर्षदेखि आफ्नै सामुदायिक सभा भवनमै आयोजना गर्ने संकल्प गरिएको छ। “पूजा–पाठ मात्र नभई विवाह, व्रतबन्ध, काजक्रिया जस्ता धार्मिक कार्यहरू पनि यही भवनमार्फत गर्न सक्ने वातावरण बनाउन हामी प्रतिबद्ध छौँ,” अध्यक्ष श्रेष्ठले थप बताउनुभयो।

बार्सिलोनामा सुरु गरिएको यस दुर्गा पूजाले आप्रवासी नेपालीबीचको एकता मात्र नभई संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समेत सशक्त सन्देश दिएको स्थानीयको धारणा छ।

  himalayanvoice.com | ३ आश्विन २०८२, शुक्रबार ११:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online