ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा कटौती सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवा सुविधा मात्र प्रदान हुने छ । 

काठमाडौँ । सरकारले सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमबाहेकका सुविधा कटौती गरेको छ ।  

अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने सरकारको निर्णयबमोजिम उक्त सुविधा रोकिएको अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टङ्कप्रसाद पाण्डेयले बताउनुभयो । सरकार (मन्त्रीपरिषद्) ले २०८२ असोज ५ गते यस विषयमा निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवा सुविधा मात्र प्रदान हुने छ ।

कानुनबमोजिमबाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न गराउनका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरेको अर्थ मन्त्रालयका प्रवक्ता पाण्डेयले बताउनुभयो ।

  himalayanvoice.com | ११ आश्विन २०८२, शनिबार ०१:१२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online