ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

एमाले महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय

काठमाडौं  । नेकपा (एमाले) ले पार्टीको ११ औं महाधिवेशन आगामी मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ । भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

शुक्रबारदेखि सुरु भएको एमाले सचिवालय बैठक आज सम्पन्न भएको छ । महाधिवेशनको स्थानबारे भने तय भइनसकेको उहाँको भनाइ छ । मुलुकको लोकतन्त्र र संविधानको रक्षाका लागि एकतावद्ध भएर लाग्न एमालेले सबैमा आव्हान गरेको छ । असोज २९ देखि ३१ गतेसम्म बस्ने तयारी भएको एमाले केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनबारे थप निर्णय लिने उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

प्रतिनिधिसभाको विघटन अवैधानिक रुपले गरिएकाले यसको पुनस्र्थापनामा एमाले रहेको बताउँदै उहाँले भन्नुभयो, “सरकारको गतिविधि निर्वाचनको लयमा देखिदैन । यद्यपि राष्ट्रपतिज्यूले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तय गरिदिनुभएकाले अवस्था हेरेर त्यसबारेमा पार्टीले निर्णय लिन्छ ।”

दुई दिनको बैठकमा जिवन्त ढंगले छलफल भएको बताउँदै उहाँले आगामी महाधिवेशनले पार्टीलाई थप एकतावद्ध बनाउने दावी गर्नुभयो । नेताहरुमाथि प्रतिशोध साँध्ने अवस्थामा सरकार अघि बढेकाले सरकार निर्वाचन गराउने बाटोमा छैन भन्ने अनुमान लगाउन सकिन्छ भन्दै उहाँले लोकतन्त्रमा दलहरुलाई साथमा नलिएर निर्वाचन सफल हुन नसक्ने बताउनुभयो ।

एमालेको दशौं महाधिवेशन २०७८ मंसिर १० देखि १३ गतेसम्म चितवनमा सम्पन्न भएको थियो । ११ औं महाधिवेशनको स्थानबारेमा केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो  ।

  himalayanvoice.com | २६ आश्विन २०८२, आईतवार १४:१५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online