ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

सङ्कटा क्लब एन्फा राष्ट्रिय महिला लिगका लागि छनोट

काठमाडौँ । एनबिएम पोखरा गर्ल्स एफसीमाथि ६–१ को सानदार जित हासिल गर्दै सङ्कटा क्लब एन्फा राष्ट्रिय महिला लिगका लागि छनोट भएको छ ।

छनोट प्रतियोगिताको समूह ‘बी’मा रहेको सङ्कटाको यो लगातार पाँचौँ जित हो । जितसँगै समूहको शीर्ष स्थानमा रहँदै सङ्कटा राष्ट्रिय लिगका लागि छनोट हुने पहिलो टोली बनेको हो ।

सङ्कटाको जितमा स्ट्राइकर पूर्णिमा राईले ह्याट्रिक गोल गरिन् । त्यस्तै अट्याकिङ मिडफिल्डर सेनु परियारको नाममा दुई गोल रह्यो । एक गोल सङ्कटाले आत्मघाती उपहार प्राप्त गर्‍यो ।

छनोट प्रतियोगितामा सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सिङ्गल राउन्ड रोविन पद्धतिको प्रतिस्पर्धापछि प्रत्येक समूहको शीर्ष दुईमा अटाउने टोली राष्ट्रिय लिगमा छनोट हुने सेट–अप छ ।

सङ्कटाले आफ्नो अन्तिम खेलमा शनिवार न्यु रोड टिम (एनआरटी)को सामना गर्नेछ ।

  himalayanvoice.com | १७ भाद्र २०८२, मंगलवार १०:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online