ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

मैले प्रममा कार्कीलाई सिफारिस गरेको होइन : एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीको शान्तिपूर्ण प्रदर्शनलाई धोकामा पारेर विध्वंसतर्फ धकेलिएको बताउनुभएको छ ।

काठमाडौँमा आज सम्पादकहरूसँगको छलफलमा अध्यक्ष ओलीले जेनजी आन्दोलनलाई आफूले तीन पाटोमा हेरेको भन्नुहुँदै भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जाल खुलाको मागसहित भएको जेनजी प्रदर्शनलाई धोकामा पारेर आगजनी, लुटपाट र तोडफोडतर्फ धकेलिएको टिप्पणी गर्नुभयो ।

भदौ २३ गतेको जेनजी प्रदर्शन शान्तिपूर्ण हुने आफूलाई ब्रिफिङ भएको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले निषेधित क्षेत्रबाट वास्तविक जेनजी प्रदर्शनकारी फर्किए पनि केही अराजक तत्त्वहरू योजनाबद्ध रुपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतर्फ अघि बढ्दा भीड रोक्ने पर्याप्त तयारी नपुगेको स्वीकार गर्नुभयो ।

सम्पादकहरूको प्रश्नको जवाफ दिनुहुँदै अध्यक्ष ओलीले जेनजीको मागमा आफूले कुनै विरोध नगरेको र विद्यार्थीको आन्दोलनमा गोली चलेको सुनेपछि गृहमन्त्रीलाई सोध्दा रबर गोली हानिएको भन्ने जवाफ पाएको पनि जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको भन्ने प्रचार गलत रहेको भन्नुहुँदै सेनाको सुरक्षामा रहँदा राष्ट्रपतिलाई निकासका लागि आवश्यक कदम चाल्न भने सिफारिस गरेको बताउनुभयो ।

  himalayanvoice.com | ३ कार्तिक २०८२, आईतवार ०९:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online